Why Reading Matters?

Woke up late - almost slept for 11 hours today :) Personal record broken so far :D But then again, I don't mind. Just to excuse - Taking rest is as important as working - but nothing was so busy to have 11 hours of rest. Then again, I managed to watch couple of documentaries.
 1. Why Reading Matters?
 2. Iran - Yesterday and Today

And most importantly a TED video of Nancy Durate 'The secret structure of great talks'

Great then again - specially the Ted Video was quite nice, and those documentaries as well. And finally, as it says that reading involves different part of the brain and interconnection between them - so good for brain - it turns out to be worthy that I am reading quite a lot of books after having my own kindle :)
Back from work - then dinner - and one football match. Read the message - and replied as well.
Birds are twittering - friend said when I was asleep - and when I woke up I just witnessed snow fall. Weather is unpredictable - so life is - but then again we are who drives our life. Regardless of what comes in our course unpredictably - goal can be fixed unlike Turku's weather :D
Letting the mind goes lightly, and here goes - Good night Turku :)

Family Culture


लामो समय पछी गएको बिहिबार (26, Jan 2012) घर फोन गरे! दशैं देखि लगभग बन्द भएको कुराकानी वास्तवमा भन्दा जुरेर नै भएको हो! नत्र भए भाइलाई फोन गर्दा घरमा कुरा गर्न पाउनु मेरो अनुमानको कुरा पनि थिएँन! फेरी बस मा हिडिरहेको बेलामा पनि त फोन गरिरहने थिइन होला नि.....

'घरमा बोल्न मन लाग्दैन हो?', आमाले सोध्नु भयो! वास्तवमा भन्ने हो भने साथि संग भएको ले गर्दा दील खोलेर बोल्न नसकेको हो! त्यो बिसेष सवालमा म अन्कनाउनु भनेको त्यो भन्दा अरु बढी केहि थिएँन! सबैले आफ्नो कुरालाइ गोप्य राख्न सक्दछ, मुख्य कुरा भनेको कसले के कुरालाई महत्व दिन्छ भन्ने कुरा हो! हाम्रो नेपाली परिवेशमा के कुराले बढी महत्व राख्दछ भन्ने कुरा त भनिरहनु जरुरि छैन, तर म अन्कनाउनु झुटो बोलेर खोक्रो आडम्बर देखाउनु संग भने कुनै सम्बन्ध राख्ने खाले थिएँन! हाम्रो परिवारको बिसेष पृष्ठभूमिमा मैले सुन्न पाएको परिबर्तन (बिकास?) ले मलाई सोच्न बाध्य तुल्याएको थियो, फेरी मैले आमा बाबा बाट सिकेको कुरालाई नै फेरी भनिरहन उचित पनि ठानिन!

पारिवारिक इतिहास को कुरा गर्दा भर्खरै भाइलाई एउटा पत्र कोरेको थिए! झस्काउन मात्र कुरा कोत्याएको हो, तर त्यति गहिराइमा मैले भन्न जरुरि ठानिन! त्यसैको केहि दिन पछी आमा संग परिबर्तित पारिवारिक चित्र को दृस्टीगत गर्दा केहि खुसि सहित अचम्म लाग्यो! इतिहास रगतले लेख्ने कुनै जवानीको एउटा आवेग आफु परिपक्व हुदै जादा उदाहरण बनेर देखाउनु पर्दछ भन्ने सम्म मा बिकास हुदा पक्कै पनि यस्ता कुरा हरु सुनिनु खुसीकै कुरा हो! भाइ बहिनीको लागि मैले गर्न खोजेको एउटा प्रयास नै बाबु बढाउहरुलाई झस्काउने औजार भयो भने मेरो लागि खुसीको कुरा र उपलब्धिको पहिलो पाइला यो बाहेक अरु के नै हुन सक्छ र?

गाउमा रहेको प्राथमिक बिद्यालय को लागि सरस्वति मन्दिर, शौचालय, र धारा बनाउने काम भएछ बडाबा बाट! त्यहि पनि परिवारको नाममा!! एउटाको प्रगतिको लागि अर्कोले सहायोग र समर्थन नगरी न त परिवारको महत्वको नै अर्थ रहन्छ, न त मर्यादाको नै मूल्य रहन्छ! परिवारको मूल्य र मर्यादा को जिबंतताको लागि पनि यस्ता कुराहरु अति नै महत्वपुर्ण रहन्छ! सामाजिक मूल्य र मान्यताहरुलाई स्थापित गर्न त्यस्तो कदमहरु महत्वपुर्ण हुनेनै छ, तर पनि हाम्रो बिगत कहिले पनि त्यो रहेन! बिगतलाई हेरेर पछुताउनु नै परयो भने पनि सम्भावनाको मृत्युको एउटा मात्र कारण यहि नै थियो जुन म अहिले देख्न चाहन्न! पारिवारिक न्याय, र सामाजिक न्याय को लागि दोश्रो पिढी बारे हामीले बुझ्नु पर्ने जरुरि आउदछ!

खुसि हुने बेला नै भने भएको छैन! यो त एउटा संकेत मात्र हो कि भनेर अवलोकन मात्र गरिरहेछु! बाचिन्जेल गरिएका दुष्कर्महरुबाट आत्मग्लानी भएर मर्ने बेलामा गरिने धार्मिक कर्मकाण्ड र त्यागको नौटंकीले मरेपछि स्वर्ग पुग्ने भ्रमपूर्ण आशालाइ त मलजल गर्ला, तर समाज परिबर्तनको लागि एउटा नया संस्कृतिको भने विकास गर्ने छैन! स्वर्ग पुग्ने आशामा गरिएका तिलान्जलिहरुले प्रगतिशील समाजको लागि मूल्य र मान्यता स्थापित गर्न सक्ने भए सायद हामीले अहिले जे देखिरहेको छौ त्यो देख्नु पर्ने थिएन कि? शायद हामीले अहिले जसरि सोचिरहेका छौ, त्यसरी सोच्ने थिएनौ कि? शायद हामी अहिले जसरि बाचिरहेका छौ, त्यसरी बाच्ने थिएनौ कि? शायद हाम्रो मानसिकता अहिलेको जसरि बिकास हुने थिएन कि? मैले कुरा गरिरहेको दक्षिण एसियाली मानसिकताको एउटा सानो झलक यहाँ पनि देखाउन खोजेको छु कि?

पारिवारिक मूल्य र मान्यतालाई एउटा पिढी बाट अर्को पिढीमा सार्न प्रयास गर्नु हाम्रो संस्कृतिको बिशेषता नै हो! तर त्यो संगै सांस्कृतिक बिकास र परिमार्जन गर्ने अभिभारा पनि हरेक पीढीले लिन सके हामीले पच्छ्याईरहेको संस्कृति मात्र होइन समाजमा हाम्रो महत्व पनि सामुहिक रुपमा बढ्ने थियो कि?

उहाको कदम जसरि प्रेरित भए पनि आशा गरौ हाम्रो परिवारहरु ले यो एउटा प्रयासलाई सकारात्मक रुपले बिकसित गरेर तितो इतिहासलाई भुलाउने प्रयास गर्नेछ!