हृदय को कुनै एउटा कुनाबाट……

January 15, 2013 in Literature Feeling :), Memories, Random Feelings, Today

हिजो: (दैनिकी को एउटा पानाबाट)

आज आकाश खुल्ला थियो! उनिलाई मन पर्ने न्यानोपना र मैले चाहेको मन्द गतिको हावा – दुवै उतिकै उपस्थित थिए जसरी हामी दुई जना थियौ! लामो परिचय पछाडिको भेट, धेरै सन्दर्भहरुमा छलफल हुँदा यस्ता कुराहरु थाहा पाउनु कुनै नौलो कुरा नि होइन! मैले उनिलाई नाम काढेर बोलाए अनी सोधे तिमी कहाँ बस्छौ भनेर! रुखको छहारी खोजेर म छायामा र उनी आफुचाही घाम मा बस्ने सोचिरहेकी रहिछिन, प्रकृतिको त्यो अनुपम सम्योगमा म आँफै पनि त्यही सोचिरहेको थिए!

शब्दहरु भन्दा त्यती बेला कुनी किन्न हो त्यो मौनता नै प्यारो लागिरहेको थियो! कहिले काही पालैपालो मौनतालाई नचिर्ने नगरेको नि होइन हामीले!

खुला आकाशको एउटा बिन्दु तिर उनिले घाम देखाइरहदा म भने अर्को तिरको आधा चन्द्रमा लाई हेरिरहेको थिए! पूर्ण बाटुलो देखिने यात्रामा चन्द्रमा आधा बाटुलो देखिनु आँफैमा अर्को सम्योग थियो! मैले उनिलाई यही सन्दर्भमा जिस्काउन पनि भुलिन!

धेरै कुराहरु भए! साच्ची भन्ने हो भने माया लागेर आउँदछ! दु:ख दुनियाँमा सबैलाई हुन्छ, मलाई यो पहिले नै थाहा भईसकेको थियो! उनको आँखामा टल्पल आशु देखिरहदा मलाई नि भावना टल्पलिन समय लागेन!

आफ्नै दुनियाँमा हराएको त्यो क्षणहरु पछी मैले उनिलाई रेल स्टेसनमा पुर्याउन गए! आधा घण्टा पछी उनी आफ्नो घर तिर लागिन, म भने रेलको अन्तिम डिब्बा देखिन्जेल सम्म हेरिरहे! घरतिरको यात्रामा उनिले धन्यवाद भन्दै एउटा एसएमएस पठाइन! “शायद मलाई भगवानले सबै भन्दा सुन्दर उपहार माग भन्यो भने तिमी सँग बिताएका ति सबै पलहरुलाई एउटा उपहार प्याकेज बनाएर दे भन्नेछु, साच्ची रमाइलो भयो!”, मैले नि कोठातिरको यात्रामा उनिलाई उत्तर दिए!

आज:

यो एक यात्रा थियो! मैले नि नसोची सुरु भएको यात्रा! शायद उनिले नि नसोचेको यात्रा! धेरै शब्दहरु, धेरै भावनाहरु, अनी बिशेष गरी त धेरै क्षणहरु! सम्झिन योग्य छ्! कतिपय शब्दहरु उनिसँग गासिन पुग्दछ, कतिपय तस्बिरहरु पनि! त्यो बिशेष दिन मात्र नभएर आज सम्मको सबै पलहरुलाई एउटा प्याकेज बनाएर दिए पनि मैले दुखी हुनु पर्ने कुनै कारण छैन! आजको एकहप्ता पछी हामी साथी भएको एक बर्ष पुरा हुन्छ! हुन त जनवरी महिनाको बाइसौ दिन थियो त्यो गत साल, तर पनि नयाँ बर्षको शुभकामना सँगै उनिले मलाई त्यो दिनको याद दिलाइन, “एक बर्ष अघाडी फेसबूक मा साथी बन्न चाहेको मा धन्यवाद ल लक्स” भनेर! परिवारभन्दा बहिर गएर हेर्ने हो भने उनिजती मेरो सम्मान पाएको कोही महिला पनि छैनन – र म प्रशंसक बनेको पनि! स्थिरता र गतिशिलता यो यात्राको बिशेषता हो, कतीपय कुराहरु परिवर्तन भए, अनी कतीपय कुराहरु अझै नि जस्ताको तस्तै छन! उनी जती नै म पनि कृतज्ञ छु उनीप्रती! “तिमि परिबर्तन भयौ राम्रो अर्थमा, धेरै परिबर्तन अनि मलाई खुसि नि लागेको छ!”, मैले कुनै बेला भनेको थिए! “मलाई नि त्यस्तै लाग्दछ, अहिले म धाराप्रवाह खुसि छु! शरद समयमा नि पहिलेको जस्तो बेदना महसुस गरिरहेको छैन भविस्य पहिले जस्तो डरमर्दो बिषय रहेन मेरो लागि अहिले”, उनीले भनेको थिइन्! खुसि म यहि छु, उनको जीवनलाई हेर्ने तरिकामा परिबर्तन भएको देख्दा :)

साच्ची, जिबन एक गन्तब्य कम अनि यात्रा बढी हो!

Related posts: